Skip to content
Shikhar Insurance
National Life

गभर्नर नियुक्तिमा पनि चलखेल हुँदैछ, योग्य मान्छे नियुक्त होस्- प्रचण्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल भैरहेको आरोप लगाएका छन्। पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले गभर्नर नियुक्तिमा  सत्ता गठबन्धनमै तानातान चलिरहेको बताएका हुन् ।

प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकोले योग्य मान्छे ल्याउनुपर्नेमा गठबन्धनभित्र तानातान चल्नु दु:खद भएको पनि बताए ।

‘सत्ता गठबन्धनमै को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ ? भनेर हिसाब किताब भैरहेको छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन ।’ प्रचण्डले भने ।

उनले बिचौलियाको प्रभावमा नपरी योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई सुझाव समेत दिए । उनले गभर्नर नियुक्तिका सवालमा आफ्नो खबरदारी जारी रहने चेतावनी पनि दिए । ‘ कसलाई ल्याउदा के फाइदा हुन्छ भनेर हेर्ने होइन, यो मैले खबरदारीका रूपमा भनेको हु’ प्रचण्डले भने ।

गभर्नर नियुक्तिका लागि सरकारले चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । यो समितिले मन्त्रिपरिषदमा ३ जनाको नाम पठाउनेछ । यसअघि प्रचण्डले दुईतिहाई बहुमतको ड्राइभिङ सिटमै बिचौलिया बसेको बताएका थिए । सरकारले पैसाको प्रलोभनमा परेर कुनैपनि निर्णय सरकार आफैंले गर्न नसकेको बताउँदै आएका छन् ।

फरक प्रसंगमा बोल्दै ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताएका छन् । “गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो”, अध्यक्ष दाहालले भने, “सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।”

राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

बिचौलियाहरुले दुई तिहाईको सरकार कब्जा गरे: प्रचण्ड

गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको मनिस झाको दाबी, ‘सरकार नाम र पैसा कुरेर बसेको छ’

नियुक्तिमा बिचौलिया आतंक-गभर्नरमा स्वार्थ समुहका अनेक दाउ

GBIME

प्रतिक्रिया दिनुहोस्