Skip to content
Shikhar Insurance
National Life

‘गभर्नर नियुक्ति बिचौलियाहरु बीचमा तानातान भैरहेको छ’-प्रचण्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । प्रेस सेन्टर नेपालसँग कुरा गर्दै सरकार पुर्ण रुपमा बिचौलियाको कब्जामा पुगेको बताएका हुन् ।

गभर्नर नियुक्तिमा काँग्रेस एमालेबिचमा कुरा नमिलेको नभई बिचौलियाबिच कुरा नमिलेको प्रचण्डको दाबी छ । उनले भने,“अहिले बिचौलियाहरुबीच गभर्नर कस्लाई बनाउने भन्ने विषयमा तानातान छ । तपाईहरुलाई लागेको होला गभर्नर नियुक्ति पार्टीहरुबिच कुरा मिलेन तर यहाँ कुरा बिचौलियाहरुको छ । यसलाई बनाउने की उसलाई बनाउने भन्ने बिचमा तानातान गरिरहेका छन् । काँग्रेस एमालेलाई बिचौलियाहरुले राम्ररी पक्डेका छन् । त्यसैले गभर्नर नियुक्तिमा ढिलो भैरहेको छ ।”

उनले आफ्नो सरकार ढलाउन बिचौलियाहरुले ठूलो रकमको चलखेल गरेको उनले दाबी गरे । उनले थपे, “मेरो नेतृत्वको सरकार ढलाउन बिचौलियाहरु भुमाफियाहरुले रातारात ठूलो रकमको चलखेल गरे। काँग्रेस एमालेलाई खरिद गरे यसकारण ढल्यो मेरो नेतृत्वको सरकार । मैले बिचौलियाहरुसँग सहमति गरेको भए मेरो ससरकार टिकेको हुन्थ्यो ।”

गभर्नर जस्तो पदमा धेरै राजनिति नगर्न प्रचण्डले आग्रह गरेका छन् ।

बिचौलियाहरुले दुई तिहाईको सरकार कब्जा गरे: प्रचण्ड

GBIME

प्रतिक्रिया दिनुहोस्