Skip to content
Shikhar Insurance
National Life

‘आगामी बजेट यथार्थपरक र लगानीको क्षेत्रलाई प्राथमिकीकरण गर्ने किसिमको हुन्छ’ मन्त्री भण्डारी

Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने दाबी गरेका छन् । बिहिबार काठमाडौंमा १० औं नेपाल इन्टरनेशनल टे्रड फेयरको उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गरे । उनले विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने बताउँदै नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेको जनाए ।

मन्त्री भण्डारीले भने, ‘सरकारले केही समयपछि बजेट पनि ल्याउँदैछ । हामी बजेटको सम्मुखमा पनि छौँ । आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बजेट हुनेछ । लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको हुनेछ । यो कुरामा पनि अहिले हिजो अभ्यासमा हामी जहाँ जहाँ चुक्यौँ । अर्थिक अनुशासन,जहाँ जहाँ उल्लंघन भए । प्रणालीभित्र जेजे खालका समस्या थिए । यो कुरालाई पनि चिन्हित गरेर सरकारले ठोस खालको बजेट ल्याउनेछ । अहिले संसदमा एउटा महत्त्वपूर्ण विधेयक वैकल्पिक लगानीका लागि सरकारको तर्फबाट संसदमा प्रश्ताव भएको छ । निजी क्षेत्रलाई प्रोत्साहित गर्नेगरी अघि बढेको छ । नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई पनि अब नयाँ मोडालिटीका साथमा हामी अघि बढ्न खोजिरहेका छौँ । सरकारको नीति कार्यक्रममा त्यो कुरालाई छोएको छ । उठाएको छ । अब हामी ठूला औद्योगिक पार्कहरु निर्माण गर्दाखेरी, विशेष आर्थिक क्षेत्र जहाँ निर्यातको लागि पूर्वाधार निर्माण गर्नुपर्ने हो, पिपिपि मोडालिटीबाट अघि बढाइरहेका छौँ ।’

मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने बताउँदै रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने दाबी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्