Skip to content
Shikhar Insurance
National Life

८ महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १ खर्ब ८ अर्ब माथि, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ८ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सोमबार (चैत ११ गते) सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीहरुले फागुन मसान्तसम्ममा १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

चालु आवको ८ महिनामा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले यस अवधिमा २९ अर्ब ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ८ महिनामा कुल १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ६९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ । बीमा प्राधिकराण्ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ८ महिनासम्ममा सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब ४९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । मेट लाइफले ३ अर्ब ८८ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब २८ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड ५९ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्