काठमाडौं । निर्जीवन लघु बीमकले जेठमसान्तसम्मा ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४ वटा निर्जीवन लघु बीमकले ११ महिनासम्ममा ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
जेठमसान्तसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले २३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो धेरै कुल बीमाशुल्क संकलन गर्नेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले ११ महिनामसम्मा २२ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले २० करोड १७ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्