काठमाडौं । निर्जीवन लघु बीमकले वैशाख मसान्तसम्मा ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका ४ वटा निर्जीवन लघु बीमकले १० महिनासम्ममा ७६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
वैशाख मसान्तसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले २१ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो धेरै कुल बीमाशुल्क संकलन गर्नेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले १० महिनामसम्मा १९ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले १८ करोड ३० लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्