Skip to content
Shikhar Insurance
National Life

‘तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो’ गृहमन्त्री लेखक

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।

उनले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरु भएको बताए ।

उनले राजावादी समूहले शान्तीपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पती तोडफोड आगजनीमा उत्रिएको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरुले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताए ।

उनले भने, ‘तीनकुनेमा भएको प्रदर्शन तथा कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको हामीले अवलम्वन गरेको राज्य व्यवस्था र प्रबन्धलाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो शान्तीपूर्ण रुपमा आफ्ना धारणाहरु राख्ने, सरकारलाई खबरदारी गर्ने, आफ्नो विचारहरु अभिव्यक्त गर्ने र सरकारको ध्यानाकर्षण गर्ने उदेद्दश्यले मात्र प्रेरित थियो भन्ने भ्रममा हामी पर्‍यौं भने ठिक हुदैन ।’

‘यसको मुख्य उद्देश्य नै संविधान समाप्त गर्ने थियो । यसको मुख्य उद्देश्य नै लाकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र संविधानलाई उल्ट्याउने थियो । यसका बारेमा दुविधा छैन र रहनु हुदैन । फागुन ७ गतेका अभिव्यक्तिहरु, त्यसपछि आफू २५ गतेको प्रदर्शन तथा घटनाहरु ति कुराहरुलाई थप अगाडि बढाउँदै विभिन्न मानिसहरुबाट अभिव्यक्त धारणाहरु, नेतहरु लुक्ने ठाउँ खोज हामी आउँदैछौं भन्ने लगायतका पृष्ठभूमिलाई केलाएर हेर्दा संविधान उल्ट्याउने र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्य कहीँ लुकेको छैन’ उनले बताए ।

उनले प्रदर्शनको नेतृत्व गर्नेहरुले नै भिडलाई हिंसात्मक र निजी सम्पतीमाथि आगजनी गर्न उत्साएको आरोप लगाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्