Shikhar Insurance
National Life

बंगलादेशमा सैन्य शासनको खतरा बढ्यो, आर्मी चिफले दिए चेतावनी

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन १६, शुक्रबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । बंगलादेशमा सैन्य शासनको खतरा बढेको छ । तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई आन्दोलनबाट अपदस्त गरेपछि बंगलादेशमा विगत ६ महिनादेखि अन्तरिम सरकार छ । नोवेल पुरस्कार विजेता मोहम्मद युनुसले अन्तरिम सरकारको सल्लाहकारका रुपमा बंगलादेशमा सरकारको नेतृत्व गरिरहेका छन् । तर राजनीतिक दलहरुबीच किचलो देखिएको, अशान्ति मच्चिएको तथा राज्यका प्रमुख अंगलहरुलाई कमजोर बनाउने गरि गतिबिधी भैरहेको आरोप लगाउँदै सेनाले प्रमुखले चेतावनी युक्त भाषण गरेका हुन् ।

शान्तिपूर्ण निर्वाचन गरेर सत्ता हस्तान्तरणको जिम्मेवारी युनुसको काँधमा छ । तर खालिदा जीयाको पार्टी बीएनपी र जमात ए इस्लामबीच प्रतिद्धन्दिता बढिरहेको छ । उता, अपदस्त प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग भने अहिले प्रतिबन्धित जस्तै छ । हसिना भारतमा निर्वासित छिन् भने उनको पार्टीका उच्च पदस्त नेताहरु सबै बिदेशमै बसेर पार्टी चलाईरहेका छन् । सेना प्रमुख जनरल वकार उज जमा भने अपदस्त प्रधानमन्त्री शेख हसिनाका ज्वाई हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेना प्रमुख जमाँले एक अर्कासँग लडिरहँदा देशकै सम्प्रभुतामा जोखिम आउने भन्दै सेनाले सुख र शान्तिका साथ देश अघि बढेको हेर्न चाहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्