काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.०६ अंकले बढेर २७५५.४० को बिन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार ३ सय २८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबर हिमालयन रि इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको ९५ करोड ६४ लाख बढी कारोबार भएको छ भने सिटिजन लाइफ इन्स्योरेन्सको ६१ करोड ४८ लाख रुपैयाँ संकलन भएको छ ।
साथै , आइतबर १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ रिलायन्स फाइनान्सको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्