Skip to content
Shikhar Insurance
National Life

सामान्य अंकले सेयर बजार घट्दा कारोबार रकममा भने उच्च गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.९० अंकले घटेर २६५३.७५ अंकले घटेर बन्द भएको हो ।

मंगलबार ३ सय ६ कम्पनी १ करोड ६४ लाख ७ सय ७५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३ सय १२ रुपैयाँ बराबर संकलन भएको छ ।

मंगलबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७४ करोड ९६ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ सय ४८ रुपैयाँ पुगेको छ ।

मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४८ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, मंगलबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्