Skip to content
Shikhar Insurance
National Life

२०८१ सालकाे अन्तिम कारोबार दिन पनि घट्यो सेयर बजार, कारोबार रकम ६ अर्ब माथि

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् वि.स २०८१ को अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३ सय २२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सिईडीबी होल्डीङ्गको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको सेयर ४५ करोड ३२ लाख संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ५ सय ५७ रुपैयाँ पुगेको छ ।

आइतबार ८८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्