Skip to content
Shikhar Insurance
National Life

‘राजस्व अनुसन्धान विभागले प्रधानमन्त्रीको नाम लिएर करोडौं पैसा उठाइरहेको छ’-राजेन्द्र लिङदेन

Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले व्यावसायीहरुसँग करोडौं पैसा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न अपिल गरेपछि लिङदेनले सो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री ओलीलाई भनेका छन्, “तपाई अन्तर्गतको राजस्व अनुसन्धान विभाग भन्ने छ, त्यसले अहिले पनि यो प्रधानमन्त्री मातहतको कार्यालय हो, हामी प्रधानमन्त्री मातहतमा छौं, अरु कुनै नेतालाई नभन्नु, कुनै नेतालाई भन्नु भो अझै दु:ख पाउनुहुन्छ भन्दै व्यापारीहरुलाई सताएर पैसा उठाइरहेको छ । सबैलाई थाहा छ अहिले कुन व्यापारीकोमा छापा मार्यो भने बिल नमिलेको सामान छैन होला बोर्डरबाट छाडिदिएको छ मिलेमतोमा त्यति मात्रै होइन खुला बोर्डरको फाइदा पनि उठाएको छ अनि गएर प्रधानमन्त्री अन्तर्गतको त्यो राजस्व अनुसन्धान विभागले छापा मार्ने नि सल्लाह गर्न आउ भन्ने काम त अहिले पनि भैरहेको छ । यो कुरा म प्रधानमन्त्रीलाई भन्न चाहान्छु । तपाईका वरिपरीका मान्छेहरुले नियुक्तिमा करोड-करोड अफर गरिरुहेका छन् तपाईले धक्कुका साथ भन्नु भो म भ्रष्टाचार गर्दिन। गर्न दिन्न तर तपाईले गर्नुहुन्छ या गर्नु हुन्न तर तपाई वरिपरिकाले गरिहरेका छन् । मलाई लाग्छ उहाँ सूचनाबाट विमुख हुनुहुन्छ । पञ्चतन्त्रको राजा जस्तो की पापीहरुले नदेख्ने धर्मात्माहरुले मात्रै देख्ने लुगा लगाएर तपाईहरु हिडिराख्नु भएको छ । त्यो पालकको काम मैले गरिरहेको छु तपाईहरु नाङगो हुनुहुन्छ । अहिले पनि भ्रष्चाचार व्याप्त छ। निर्माण व्यवसायीको भुक्तानीमा पनि पैसा उठाइरहेका छन्।”

सरकारले ऐन नै बनाएर भ्रष्टाचारीहरुको संरक्षण गर्ने काम गरिरहेका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने दाबी गरेका थिए । यदि कसैसँग भ्रष्टाचार गरेको प्रमाण भए पेश गर्न चुनौति दिएका थिए ।

सो चुनौतिमा अध्यक्ष लिङदेनले कडा प्रतिवाद गरेका हुन् । पछिल्लो समय राजस्व अनुसन्धान बदनाम हुँदै आएको छ । कर्मचारीहरु र नेताहरुको गरिबी निवारणका लागि सो विभागको प्रयोग हुँदै आएको छ । हाल यो विभागको महानिर्देशकमा चण्डी प्रसाद घिमिरे छन् । उनी २०८२ असारमा सेवा निवृत्त हुँदैछन् । स्रोतका अनुसार उनी सेवा निवृत्त हुनुअघि निकै महत्वकाँक्षी देखिएका छन् ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्