काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ सामान्यले बढेको छ । आइतबार छापावाला सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) १ लाख ७० हजार २ सय रुपैयाँमा किनबेच छापावाला सुन आज (आइतबार) १ लाख ७० हजार ३ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्