काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउले फेरी हालसम्म कै रेकर्ड तोडेको छ । आइतबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (शुक्रबार) प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आइतबार १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको छ । चाँदी शुक्रबार १ हजार ९ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्