Skip to content
Shikhar Insurance
National Life

आइतबार सुनको मूल्य ४ सयले बढ्दा प्रतितोला कति पुग्यो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलोे कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) सुन प्रतितोला १ लाख ९७ हजार १०० रुपैयाँ कारोबार भएको थियो । पछिल्ला दिन सुनको मूल्य निरन्तर बढेर रेकर्डस्तर नजिक पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबारको बजारमा कायम भएको मूल्यलाई नै आधार मानेर अर्थात प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्