काठमाडौं । साताको पाँचौ कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । बिहिबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेर २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्