काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । बिहिबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्