काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो ३ दिन स्थिर रहेको छापावाला सुनको भाउ आज १९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन १ लाख ६२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा खरिदबिक्री भएको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्