काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । अघिल्लोे दिन प्रतितोला २२ सय रुपैयाँले बढेको सुनको भाउ आज १६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्