काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सोेमबार छापावाला सुन प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (आइतबार) सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय ७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्