काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको छापावाल सुन आज प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतीतोला १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्