काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो चार दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्