काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (शुक्रबार) छापावाल सुन प्रतितोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्