काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । सोमबार सुन प्रतितोला ३ हजार ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिन १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो तीन कारोबार दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्