काठमाडौं । २०८२ सालको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन (आइतबार) सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँ खरिदबिक्री भएको थियो ।
आज चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्