काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच भएकोे छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा खरिदबिक्री भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्