काठमाडौं । साताको चाैथाे कारोबार दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख ७३ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्