काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबार प्रतितोला छापावाला सुन आज १ लाख ६८ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँमा किनबेच भएको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्