Skip to content
Shikhar Insurance
National Life

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथोे कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेको छ । बुधबार सुन प्रतितोला १ हजार ५०० रुपैयाँ घटेको हो भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर २ हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE