काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार रुपैयाँ खरिदबिक्री भईरहेको छ । अघिल्लो दिन चाँदी दुई हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्