काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले देशमा संकट परेको बेलामा सबै दल मिलेर जानुपर्नेमा प्रमुख प्रतिपक्षका कारण संसद अवरुद्ध भएको बतएका छन् । आइतबार विपक्षीहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा समस्या परेको बेलमा सांसदहरुले एकतावद्ध भएर संसदमा आफ्नो कुरा राख्न पाउने प्रचलनविरुद्ध प्रतिपक्ष लागेको बताउँदै सभामुखले आपतकालीन समय उपलब्ध गराउने भन्दा भन्दै प्रतिपक्षीहरुले संसद अवरुद्ध गरेको जनाए । उनले प्रधानमन्त्रीले सोमवार संसदमा जवाफ दिने भनेर सभामुखले जानकारी दिँदा पनि विपक्षीले संसद चल्न नदिएको बताए ।
उनले भने, ‘सत्तापक्ष प्रतिपक्ष भन्ने आफ्नै ठाउँमा होला, तर देशलाई अप्ठ्यारो परेको बेलामा सबै एकतावद्ध भएर संसदबाट आफ्नो कुरा राख्न पाउने प्रचलन हुन्छ र त्यसलाई प्रयोग गरौँ भन्ने हाम्रो धारणा थियो । सभामुखले म सयम दिन्छु भन्दा भन्दै पनि हामी त बसेका थियौँ, त्यो हाम्रो पनि माग हो आपतकालीन अवस्थामा आपतकालीन समय लिएर सबै सांसदले आफ्ना कुरा राख्न माग गरे सभामुखले बस्नुस् म समय दिन्छु भन्दा पनि प्रमुख प्रतिपक्षले नमानेका कारण संसद अवरुद्ध भयो । प्रधानमन्त्री भोलि आउने भनेर सभामुखले जवाफ दिइसक्नु भएको छ प्रधानमन्त्रीले जवाफ दिने र आज संसदमा सबै पोलिटिकल पार्टीका सांसदहरुले कुरा राख्ने भन्दा पनि संसद चल्न विभिन्न कारणले प्रमुख प्रतिपक्षी दलहरुले दिनुभएन ।’
सांसद खतिवडाले तीनकुने घटनाको प्रसंगमा संविधान मान्छु भनेर शपथ लिएर आउनेले संविधान समाप्त पार्ने खेल खेलेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्