Shikhar Insurance
National Life

सबै नागरिकको घरमा खानेपानी जानेगरी अबको बजेट बन्छ: खानेपानीमन्त्री यादव

सिंहदरबार संवाददाता
२०८१ माघ ११, शुक्रबार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले मन्त्रालयले मुलुकभरका आम नागरिक पाउने खानेपानीको विषयमा अध्ययन गरेको भन्दै आगामी बजेटमा सबै नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेट व्यवस्थापन गरिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले विगतका मन्त्रीले ल्याएको बजेटका विषयमा टिप्पणी नगर्ने भन्दै अब बजेट बन्दा खाने पानी नपुगेको उपभोक्तालाई समेत खानेपानी पुर्‍याउने गरी बजेट ल्याउने बताए ।

उनले खानेपानीको लागि पर्याप्त बजेट नभएकाले सबै उपभोक्तालाई सहज खानेपानी पुर्‍याउन समस्या भएको बताउँदै वर्तनमा सरकार अगामी बजेटमा हिमाली,पहाडी वा तराईका जनताको हकमा बजेट बनाउने बताए ।

उनले खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएको जनाए । उनले अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बनाएर कार्यान्वयन गर्ने दाबी गरे ।

मन्त्री यादवले भने, ‘विगतका मन्त्रीले कुन खालको बजेट बनाउनु भयो थाहा भएन । अबको बजेट बन्दा जुन उपभोक्तालाई खानेपानी पुगेको छैन । हिमाली,पहाडी वा तराईका जनताको हकमा बजेट बन्छ । खानेपानीको अवस्थाको रिपोर्ट मन्त्रालयले लिएर योजना बनाएका छौँ अबको बजेट नेपाली सबै उपभोक्ताको घरमा खानेपानी पुग्नेगरी बजेट बन्छ । कार्यान्वयन हुन्छ । इट वा वट भन्नेकुरा छैन । कसैको प्रभावमा खानेपानी मन्त्रालय पर्दैन ।’

‘१०० प्रतिशत नागरिकको घरमा पानी जाने गरी योजना बनाएका छौं । मेलम्चीमा भएको भ्रष्टाचारको विषयमा अदालतले निर्णय गरिसकेको छ । मेरो कार्यकालमा भ्रष्टाचार हुँदैन त्यसको ग्यारेन्टी लिन्छु । मेलम्चीको नयाँ पाइपलाइनहरु धेरै विस्तार भएको छ । पाइपमा चुहावट देखिएको छ । नयाँ बनाउदा समस्या आउने भइरहेको छ । प्राविधिकहरु फिल्डमा नै काम गरिरहेका छौं । समस्या भएको ठाउँमा समाधान गरेर सरकार अघि बढ्छ । मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको छु’ उनले बताए ।

उनले असारमा पनि मेलम्चीको पानी काठमाडौं ल्याउने प्रवन्ध मिलाइएको दाबी गरे । उनले मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याइने सरकारको योजना रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्