Skip to content
Shikhar Insurance
National Life

राजावादीको आन्दोलनलाई पत्याएन बजारले, २९.८२ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । राजा ल्याउने भन्दै सुरु भएको आन्दोलनलाई लगानीकर्ताहरुले वेवास्था गरेका छन् । चैत १५ को आन्दोलनपछि आइतबार खुलेको बजारमा २९.८२ अंकको बढोत्तरी देखिएको हो ।

बजार वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । राजावादीको आन्दोलनले बजार घट्ने अनुमानकाबिच लगानीकर्ताहरुले बजारमा आइताबार साढे ७ अर्ब बढी लगानी गरेका हुन् ।

पुर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा भएको चैत १५ गते भएको आतंकमा २ जना मारिएका थिए ।

साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८२ अंकले बढेर २६९३.१२ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आइतबार ३२३ कम्पनीको १ करोड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक करोबार भएको छ । कम्पनीको ६९ करोड १९ लाख रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३९ रुपैयाँ पुगेको छ ।

आइतबार २२२ कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, आइतबार १ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्