Skip to content
Shikhar Insurance
National Life

प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी ऐन सरोकारवालाई बेवास्ता गरेर बन्दैन

Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी विधेयक प्राधिकरणको गरिमालाई उच्च बनाउने गरी निर्माण हुने बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले हालै मन्त्रीपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी संसदमा यसबारे छलफल भइ पारित हुने विश्वास व्यक्त गरे।

उनले यसअघि पनि लामो छलफलपछि राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा रोकिएको अवस्थामा अहिलेको सरकारले मन्त्रीपरिषद्बाट पास गरिसकेको जानकारी दिए ।

मन्त्रीपरिषद्ले पास गर्दैमा ऐन निर्माण नटुंगिने र ऐन निर्माणको प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको उल्लेख गरे । मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने प्रतिवद्धता जनाए । उनले कर्मचारीहरुको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने दाबी गरे ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमका विमानहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र विमानहरुको संख्यामा पनि कमी रहेको बताए । उनले नेपाल वायुसेवा निगमका विमानहरुको संख्यालाई व्यवस्थापन गर्नेतिर सरकारले सोचिरहेको बताए ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्