Skip to content
Shikhar Insurance
National Life

मर्यादा क्रममा १२ औं स्थानमा रहेको गर्भनर, एक कर्मचारीको नियुक्तिमा सत्ता नै धरमर

Hyundai
NCELL
NIMB

काठमाडौं । गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रम अनुसार नेपाल राष्ट्र बैंकको गभर्नर १२ औं स्थानमा सूचिकृत छन् । १२ औं स्थानको पदमा एक जना कर्मचारी नियुक्ति गर्न करिब २ तिहाई बहुमतको सरकारलाई हम्मे परेको छ ।

कानुन, राजनितिक संस्कार बिर्सेर नेपाली काँग्रेस र नेकपा एमालेका नेता तथा मन्त्रीहरु गभर्नर नियुक्तिलाई लिएर विवाद सतहमै देखिने गरी भिडिरहेका छन् । नेपाल राष्ट्र बैंकको स्थापना भएपछि १७ जना गभर्नरहरुको नियुक्ति भैसकेको छ । १८ औं गभर्नर नियुक्तिमा भने राष्ट्र बैंकको गरिमा र स्वयततालाई नै मास्ने गरी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा एक आपसमा भिडिरहेका छन् ।

गभर्नर नियुक्तिमा आफूले भनेको पात्र नभए सरकार नै आफ्नो बसमा नभएको काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीलाई अन्तिम अल्टिमेटम दिइसकेका छन् ।  अहिले सरकारमा रहेका प्रत्येक मन्त्रीहरु गभर्नर नियुक्तिमा दुई नेताहरुबिच कुनै विवाद नभएको र सहमति जुटिसकेको भन्दै भाषण गर्न व्यस्त छन् ।

गभर्नर नियुक्तिमा सत्तासिन दलहरु आफ्नो अडानले अघि नबढेको स्पष्ट पारिसकेका छन् । दुई दलको मिलन नै बिचौलियाहरुले गरेको र बिचौलियाकै निर्देशनमा सत्ता संचालन गर्ने सहमति गरेका दुई दल यति बेला बिचौलियाहरुको दलदलमा परेको आरोप लाग्ने गरेको छ । बिचौलियाले अघि सारेको पात्रलाई गर्भनर बनाउन कानुन नै संशोधन गरिसकेको सरकारलाई तत्काल सर्वोच्च अदालत ६५ वर्ष भन्दा माथिका व्यक्तिलाई गभर्नर नबनाउन अन्तरिम आदेश दिइसकेको छ ।

सरकारलाई अन्तरिम आदेश दिएपनि हालसम्म गभर्नर नियुक्त गर्न सकेको छैन ।

सत्ता नै धरमर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकार धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति गर्ने क्रममा ढलेको सार्वजनिक रुपमै बताउने गरेका छन् । बोर्ड अध्यक्ष नियुक्तिको विषयले ढलेर पुन: बनेको सरकार गभर्नर नियुक्तिको विषयले धरमर बनेको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफूले भनेको व्यक्तिले गभर्नरमा नियुक्ति नपाए सरकार नै ढाल्ने चेतावनी दिएको उच्च स्रोतहरुले पुष्टि गरिसेको छ । गभर्नर नियुक्तिमा सभापति देउवाले नाम नै तोकेर गभर्नर नियुक्ति गर्न पटक-पटक दबाब दिइसकेका छन् । यदी आफूले भने अनुसार नभए सरकार नै आफ्नो बसमा नभएको चेतावनी देउवाले ओलीलाई दिएका छन् । केहि दिनमा गभर्नर नियुक्ति नभए सरकार ढल्ने अनुमान गर्न थालिसकेको छ ।

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीलाई देउवाको अन्तिम अल्टिमेटम, ‘नत्र सरकार हाम्रो बसमा छैन’

नियुक्तिमा राजनितिक लाभ

पछिल्लो समय राज्य संचालन गरिरहेका दलहरुको ध्यान नीतिगत भ्रष्टाचारमा केन्द्रित भएको छ । अन्य भ्रष्टाचारको तुलनामा नीतिगत भ्रष्टाचार सुरक्षित देखिएपछि बिचौलियाहरु र राजनितिक दलका नेताहरु नीतिगत भ्रष्टाचारमा जोसिएका छन् । पछिल्लो समयको नियुक्तिहरु प्रतिष्पर्धा भन्दा पनि खुलेआम बढाबढको आधारमा भैरहेका छन् । यसको उदाहरणका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकरणलाई हेर्न सकिन्छ । बोर्ड अध्यक्ष नियुक्ति प्रकरणमा करिब पाँच अर्ब रुपैयाँ चलखेल भएको भन्दै अख्तियार दुरुपयो अन्सन्धान आयोगमा उजुरी नै परेको छ । बोर्ड अध्यक्ष नियुक्ति प्रकृयामा केहि उम्मेदवारहरुले अन्तर्वार्ता र व्यवसायिक कार्ययोजना दिन नै अस्वीकार गरेका थिए । सबै खाले शक्तिको प्रयोग गर्दै बोर्डमा लामो समय लगाएर अध्यक्ष नियुक्ति सन्तोष नारायण श्रेष्ठले पाएका थिए ।

बोर्ड अध्यक्ष नियुक्तिमा बिचौलियाहरुको कुरा सुनेका प्रधानमन्त्री ओली र शेरबहादुर देउवा गर्भनर नियुक्तिबाट नै आफ्नो राजनितिक भविष्य निर्धारण गर्ने भन्दै संस्थालाई नै विवादमा ल्याउने गरी अघि बढिरहेका आरोप लाग्ने गरेको छ । राष्ट्र बैंक ऐनले नै स्पष्ट व्याख्य गरेको गभर्नरको कार्याकाल सकिनु १ महिना अगावै गभर्नर नियुक्त गर्नु पर्ने व्यवस्थालाई लत्याएका छन् । देश अहिले फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे’ लिष्टमा समाहित भएको छ । तर सरकारले देशलाई ‘ग्रे’ लिष्टबाट आजसम्म कुनै काम गरेको छैन। बरु देर्शलाई नै कालो सूचिमा सूचिकृत गर्नेगरी राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई गिजोलेर बसेको छ ।

गभर्नर नियुक्तिमा बिचौलियाको अन्तिम स्वीकृति अनिवार्य

गर्भनर नियुक्ति प्रकृया सुरु भएसँगै आफ्नो अनुकुल पात्र ल्याउन बिचौलियाहरुले चलखेल गरिरहेका छन् । गभर्नर बन्न इच्छा देखाएका व्यक्तिहरुमध्ये अधिकाँस व्यक्तिहरुलाई बिचौलायासँग भेट्न राजनितक दलकै नेताबाट निर्देशन आएको छ । गभर्नर बन्न तम्सिएका १ दर्जन भन्दा बढि व्यक्तिहरुलाई बिचौलियासँग भेटेर सहमति गर्न अग्रिम निर्देशन आएको सिंहदरबारसँगको अनौपचारिक कुराकानीमा बताएका छन् । केहि व्यक्तिहरुले भने बिचौलिया भेट्न अस्वीकार गरेका छन् । सरकार नै आफूले निर्माण गरेको दाबी गर्ने बिचौलियाहरुले इमान्दार नैतिकवान मानिसहरुलाई अपमान गर्ने गरेका छन् । उच्च स्रोतले सिंहदरबारसँग भन्यो, “काँग्रेस एमाले माओवादीका उच्च तहका नेताहरुले बिचौलियाबाट राम्रो लाभ लिएका छन्, उनीहरुले बिचौलियालाई अस्वीकार गर्न सक्दैनन् । बिचौलियाहरुको संरचना यसरी तयार गरिएको छ की अब उनीहरु त्यो दलदलबाट निस्कन सक्दैनन्, दोस्रो लेयरका नेताहरुसँग पनि सम्बन्ध सुधारका लागि अघि बढिसकेका छन् । ”

अहिलेसम्म के-के भयो ?

-राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु १ महिना अगावै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था

-२०८१ फागुन २१ गते गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद छलफल

-२०८१ फागुन २७ गते अर्थमन्त्रालय सम्वद्ध पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड २०७३ संशोधन

-गभर्नर सिफारिस समितिमा काँग्रेसले पनि सदस्य पाउनु पर्नेमा जोड

-२०८१ चैत ११ मन्त्रिपरिषदबाट गभर्नर सिफारिस समिति गठन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा पुर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सदस्य

-२०८१ चैत ३१ मा अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाइने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता ।

-२०८२ बैशाख २ गते न्यायधिस नित्यानन्द पाण्डेयको एकल इजलासले तत्काल ६५ वर्ष उमेर पुरा भएको व्यक्तिलाई गभर्नर नियुक्ति नगर्न सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी।

-२०८२ बैशाख ५ गते गभर्नर नियुक्तिमा समहति जुटेको र सिफरिसमा पर्न राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टद्धरा राजिनामा

-२०८२ बैशाख ५ कार्यकारी निर्देशक भट्टको राजिनामा अस्वीकृत

-कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता

गभर्नर नियुक्तिको विषयमा कस्ले के भने ?

  • “विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने गरेको छ । हामी कहाँनेर पुग्यौँ ?” -गगन थापा, महामन्त्री नेपाली काँग्रेस
  • ‘यही हो सुशासन ??? सेटिङको सिण्डिकेटले अब राष्ट्र बैंक पनि कब्जा गर्दै छ भन्ने सुन्दै छौं। अलिकति बाँकी रहेको जनताको भरोसा पनि चकनाचुर हुन्छ! सुन्दै छौं — राजेन्द्र किशोर क्षेत्री, अर्को गभर्नर सेटिङमा बन्दै छन्! यो सुशासन होइन — यो त सत्ता र सिण्डिकेटको नांगो साँठगाँठ हो! देशको आर्थिक मेरुदण्डमाथि यस्तो खेलवाड जनताले कहिल्यै स्वीकार्दैनन्।’-बिराजभक्त श्रेष्ठ,सासंद
  • अहिले बिचौलियाहरुबीच गभर्नर कस्लाई बनाउने भन्ने विषयमा तानातान छ । तपाईहरुलाई लागेको होला गभर्नर नियुक्ति पार्टीहरुबिच कुरा मिलेन तर यहाँ कुरा बिचौलियाहरुको छ । यसलाई बनाउने की उसलाई बनाउने भन्ने बिचमा तानातान गरिरहेका छन् । काँग्रेस एमालेलाई बिचौलियाहरुले राम्ररी पक्डेका छन् । त्यसैले गभर्नर नियुक्तिमा ढिलो भैरहेको छ ।” -पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष माओवादी केन्द्र
  • “हुँदा हुँदा राष्ट्र बैंकको गभर्नर बनाउन पनि विचौलियाहरु चलखेल गर्दैछन् भन्नेकुरा आइरहेको छ । अगर त्यो हो भने म त वार्न(सचेत) गर्दछु सरकारलाई । अगर त्यो हो भने नेपालको लागि दुर्भाग्य हुन्छ । सरकारको लागि त दुर्भाग्य हुन्छ नै । नेपालको लागि नै दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो । देशको अर्थतन्त्रसँग यसरी खेल्ने, मजाक गर्ने अधिकार उहाँहरु कसैलाई पनि छैन ।”-डा.शेखर कोइराला, नेता नेपाली काँग्रेस
  • “धितोपत्र बोर्डमा थाहा पाइहाल्यौं कुन बिचौलिया घरानाबाट नाम आयो भनेर भर्खरै बीमा प्राधिकरणको नियुक्ति पनि हेरिहाल्यौं । म चुनौति दिएर भन्न चाहान्छु । चुनौति नै दिन चाहान्छु । अब गभर्नरको पनि नियुक्ति फ्री कम्पिटिसनबाट आउनेवाला छैन । यदि  क्वालिफकेशन यो योग्याता इन्टरनेश्नल एक्सपोजर भनेर हुँदैन । कुन बिचौलियाले कति पैसा दिन्छ । कस्को नाम पठाउँछ भनेर कुरेर बस्नु भएको छ ।” -मनिस झा, सासंद
GBIME

प्रतिक्रिया दिनुहोस्