Skip to content
Shikhar Insurance
National Life

‘सरकारले कृषि कोल्ड स्टोरको नाममा गएको ५ अर्ब अनुदानको छानविन गरी जवाफ दिनुपर्छ’ सांसद केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

५ अर्ब ६७ करोड रुपैयाँ कृषि कोल्ड स्टोरको नाममा गएका अनुदानको अनुसन्धान र छानविन गरी जवाफ दिन सरकारसँग आग्रह गरे ।

उनले हरेक वर्ष झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता हुने गरेको भएपनि आवश्यक मल अझै नआइसकेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले समयमै मलखाद नपाउँदा किसानलाई बढी मर्का पर्ने बताए । उनले अहिलेको कृषि बजेट पर्याप्त नरहेको पनि बताए ।

सांसद केसीले भने, ‘कृषिमन्त्रीजीले एक, डेढ महिनाअघि कृषि मन्त्रालयबाट जिवगत ५ वर्षमा सात अर्ब ६६ करोड अनुदान वितरण भयो, त्यस्तो वितरण कति वास्तविक किसानले पाएका छन् ? कति सदुपयोग भयो, कति अनियमितता भयो, कति राजनीतिक तथा आर्थिक स्वार्थमा भयो, त्यसलाई छानविन गर्छु भनेर सार्वजनिक प्रतिवद्धता गर्नुभयो, त्यसको सम्बन्धमा के हुँदैछ ? ? हरेक वर्ष हामीलाई झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता छ । त्यो मल साढे ४ देखि ६५ लाख भन्दा बढी लिन नसक्ने अवस्था छ । कृषिको सिजन कुन हो, कुन बेलामा मल चाहिन्छ, त्यो बेलामा सरकार टु सरकार वा टेण्डरबाट लिइसक्नुपर्ने कुरा प्रत्येक सरकारले बुझ्नुपर्छ । जुन बेला मलको आवश्यकता छ, त्यही बेलामा टेण्डर हुँदैछ भन्ने परिस्थिति छ, त्यसले झनै किसानलाई बढी मर्का परेको छ । अहिलेको कृषि बजेट पर्याप्त छैन ।’

सांसद केसीले बजेटको निरन्तरतामा पक्षपात नगर्न आग्रह गरे । कृषि विकास राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्