Skip to content
Shikhar Insurance
National Life

‘सरकारले दलाल र बिचौलियाका लागि मात्रै काम गर्यो, गभर्नर पनि उनिहरुकै सिफारिसमा हुन्छ’-वर्षमान पुन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा  माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले दलाल र बिचौलियाका लागि मात्रै काम गरेको आरोप लगाएका छन् । आफूहरुले सत्ता छाड्ने क्रममा भनेको कुराले सत्य साबित भएको भन्दै बिचौलियाको मात्रै काम गरेको आरोप लगाएका हुन् ।

संसदको बजेट अधिवेसनमा बोल्दै उपमहासचिव पुनले बिचौलियाले धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज आफ्नो प्रतिनिधि राखिसकेको र अब राष्ट्र बैंकको गभर्नर पनि बिचौलियाकै प्रतिनिधि हुने दाबी गरे । पुर्व अर्थमन्त्री समेत रहेका पुनले भने, “सुरुमा हामीले सरकार छाड्दा सरकार बिचौलियाले ढालेको भनेका थियौं, तर त्यतिबेला सत्ता छाड्दाको पिडा भनेर बुझेका थिए। तर आज सबै नेपाली जनताको घर-घरमा थाहा भैसक्यो यो सरकारले बिचौलियाको मात्रै काम गरेको छ।”

बिचौलियाले सबैखाले नियुक्ति कब्जा गरेको भन्दै पुनले भने, “बिचौलियाले धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्जमा आफ्ना प्रतिनिधि राखिसकेको छ, ‍अब राष्ट्र बैंकको गभर्नरमा आफ्नो पात्र राख्न खोजिरहेको छ, बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाई भैरहेको छ ।”

बिचौलियाको विषयमा नेपाली काँग्रेसकै महामन्त्री गगन थापाले ढिलै भएपनि बोलेको भन्दै धन्यावाद दिए । उनले थपे, “राजनितिक संयन्त्रकै सदस्य गगन थापाले प्रधामन्त्रीको बेड रुपमा बिचौलिया पुगेको देख्नुभएछ, ढिलै भएपनि देख्नुभयो यसका लागि म धन्यवाद दिन चाहान्छु ।”

सरकारले बिचौलियाको मात्रै काम गर्ने र शिक्षक लगायतको विषयमा कुनै काम गर्न नसकेको बताए । केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिचौलियाले चलाएको उनको आरोप छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्