काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छिन । राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद तिमिल्सिनाले यस्तो आरोप लगाएकी हुन् ।
उनले जनताले वचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको आरोप लगाए । उनले राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै सहकारी ठगीमा संलग्न रहेको बताइन् । उनले सरकार सहकारी पीडितलाई न्याय कहिले दिने ? भन्दै सरकारलाई प्रश्न समेत गरे ।
प्रतिक्रिया दिनुहोस्