Skip to content
Shikhar Insurance
National Life

एक वर्षभित्रै भारुसँगको सटही दर पुनरावलोकन गर्ने सरकारको निर्णय, १६० रुपैयाँ बढ्ला कि घट्ला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही दर पुनरावलोकन गर्ने निर्णय गरेको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले आगामी एक बर्षभित्र भारुसँगको सटही दरबारे पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

हाल १०० भारुको १६० नेपाली रुपैयाँ हुने सटही दर कायम हुँदै आएको छ । र यो स्थिर बिनियम दर हो ।

‘भारतीय रुपैयाँसँगको विनियम दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्ने ।’ सरकारको निर्णयमा भनिएको छ । र यो अध्ययन अर्थमन्त्रालयले आगामी एक बर्षभित्र सम्पन्न गरिसक्नेछ । अध्ययनबाट आएको निकर्षपछि सरकारले भारुसँगको नेपाली मुद्राको सटही दरको विकल्पबारे आवश्यक निर्णय गर्नेछ । सो अध्ययनमा स्थिर विनियम दर (फिक्स पेग)० र हाल कायम रहेको १ सय भारुको १६० नेपाली रुपैयाँ दरको विकल्प समेत अघि सार्नेछ ।

नेपालमा भारुसँगको फिक्स पेग र सटही दरको रेसियो फेर्ने समय आएको भन्दै बहस सुरु भैरहेको छ । एकथरी विज्ञहरुको सुझावमा फिक्स पेग हटाउनुपर्छ भन्ने छ । अन्य केहि विज्ञहरुले भने हाल कायम रहेको दरमा भने पुनर्विचार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

यो बिषयमा नेपाल राष्ट्र बैंकको महत्त्वपूर्ण भूमिका रहने भएकाले नव नियुक्त गभर्नर डा। विश्वनाथ पौडेलको सोँचले धेरै अर्थ राख्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्