Skip to content
Shikhar Insurance
National Life

‘घाँटी हेरेर हाड निल्ने अवस्थालाई हेरेर सरकारले बजेट ल्याएको छ’ एमाले

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थमा आधारित रहेको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै प्रमुख सचेतक बर्तौलाले बजेटले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्ने प्रयास गरेको बताएका हुन् ।

उनले बजेटले उत्पादनलाई प्रोत्साहन र नयाँ पुस्तालाई नवप्रवर्तनतर्फ आकर्षित गर्न खोजेको पनि बताए । सरकारले वितरणमुखी बजेटको परम्पराबाट बहिर्गमन गर्दै लगानीको प्रतिफल सुनिश्चित हुने योजनामा केन्द्रित गरी बजेट ल्याएको बर्तौलाको जिकिर छ ।

उनले भने, ‘बजेट एकदमै सन्तुलित आएको छ । आजको मुलुकको अर्थतन्त्रको यथार्थतामा टेकेर बजेट आएको छ । घाँटी हेरेर हाड निल्ने अवस्थालाई हेरेर सरकारले बजेट ल्याएको छ । बजेटले उत्पादनलाई प्रात्साहित गरेको छ । जेनजी पुस्तालाई नवप्रवर्द्धनमा जोड्ने र मुलुकको समृद्धिमा कसरी समावेश गर्न सकिन्छ भन्ने पाटोलाई बजेटले ख्याल गर्न खोजेको छ । र सरकारको लगानी प्रतिफलयुक्त योजनामा केन्द्रित गर्न खोजेको छ । वितरणमुखी बजेट ल्याउने जुन हाम्रो परम्परा थियो त्यसलाई डिपार्चर गरेर निश्चित सीमाभित्र बसेर बजेट आएको छ ।’

अगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक समृद्धि तय गर्ने विश्वास व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्