Skip to content
Shikhar Insurance
National Life

सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बिनियोजन माध्ये ११ खर्ब ८० अर्ब ९८ करोड चालु तर्फ रहेको छ भने ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तिय व्यवस्थापन तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ बिनियोजन भएको छ ।

सरकारले कुल बजेटको ६०.१ प्रतिशत चालु खर्च, २०.८ प्रतिशत पुँजीगत र १९.१ प्रतिशत वित्तिय व्यवस्थापनका लागि विनियोजन गरेको छ । सरकारले विनियोजनका लागि राजश्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ जोहो गर्ने भनेको छ भने वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ जुटाउने भनेको छ । अपुग रकम ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँको जोहो भने वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ४५ करोड र आन्तरिक ऋणबाट ३ खर्ब ६५ अर्ब रुपैयाँ जुटाउने भनेको छ ।

सरकारले ल्याएको बजेट चालु आवको बजेट भन्दा ५.६ प्रतिशतले ठूलो हो भने संसोधित बजेट भन्दा १८.२ प्रतिशतले ठूलो हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्