काठमाडौं । संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध निर्णय सुनाउने मिति सरेर असार १८ गते पुगेको छ । बुधबार सुनाउने भनिएको फैसला अब असार १८ गतेलाई सरको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित ५२ जना पदाधिकारीहरुके नियुक्ती विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा परेको थियो । जृठ २८ गते फैसला सुनाउने गरि पेशी तोकिएको थियो । अब भने त्यो फैसला असार १८ गते मात्रै आउनेछ ।
बुधबार पनि यो मुद्दाको सुनुवाइमा सहभागी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित ५ न्यायाधीशले दिनभर छलफल गरेका थिए । इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी थिए ।
प्रतिक्रिया दिनुहोस्