काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
वर्तमान सरकारले अहिलेको व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची नदेखाएको उनको आरोप छ । अध्यक्ष नेपालले सकरारले परम्परा धान्ने गरी मात्रै नीति तथा कार्यक्रम ल्याएको बताउँदै सरकार परिणाम बिहीन मात्र नभइ उद्देश्य बहीन हुन पुगेको जिकिर गरे ।
सरकारको विकल्प खोज्नुपर्ने भएपनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने बताए ।
अध्यक्ष नेपालले भने, ‘सरकार फेरबदल भन्दा पनि परम्परा धान्ने गरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रश्तुत गरिएको छ । विगतमा जसरी सरकार परिणाम बिहीन थियो, अब उद्देश्य बिहीन पनि भएको अवस्था छ । विगतका राम्रा कुरलाई पनि छोडेको छ । पुराना कुराहरुको पुनरावृत्ति पनि गरेको छ । गतिहिन र यथास्थितिवादी अवस्थामा छ । यो सरकारको विकल्प त खोज्नुपर्छ । तर विकल्प खोजेर पार लाग्दैन । किनभने दुई वटा पार्टी मिलेर सरकार बनेको छ । दुई वटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन । यो सरकारले यो व्यवस्थालाई जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमुल परिवर्तन गर्न कुनैपनि क्षेत्रमा रुची देखाएको छैन । त्यसकारण यो मुलुकको निम्ति बोझ बनेको छ ।’
अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्