Shikhar Insurance
National Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री कँडेल

सिंहदरबार संवाददाता
२०८१ माघ २८, सोमबार १७:३९
Hyundai
NCELL
NIMB

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप जम्मेवार बन्नुपर्ने बताएका छन् । दु:ख दिने नियतले हालिएका उजुरीबारे अख्तियार सचेत हुनुपर्ने उनले बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतद्वारा आज यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री कँडेलले विकास निर्माण गर्दा आफूले पाए ठीक र अरुले पाए बेठीक भन्दै उजुरी दिने चलनको अन्त्य हुनुपर्ने बताए । विकास निर्माणका काममा सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अख्तियारको भूमिका बदल्नुपर्ने बताए । अख्तियारले गरेका काम अदालतबाट उल्टिएका उल्लेख गर्दै उहाँले यि विषयमा छलफल हुनुपर्ने बताए । ‘समाजमा डरको आभास भएन त्यो समाज छाडा हुन्छ’, प्रदेश प्रमुख जोशीले भने । राज्यका नियमनकारी निकाय बलिया हुनुपर्नेमा उनको जोड थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्