Skip to content
Shikhar Insurance
National Life

 वैकल्पिक वित्तको पुँजि ५० अर्बबाट बढाएर १ खर्ब पुर्याइयो, सर्वसाधरणले आइपीओ भर्न पाउने अधिकार खोस्यो अर्थ मन्त्रालयले

Hyundai
NCELL
NIMB

काठमाडौ । वैकल्पिक वित्त कोष को पुँजि अर्थ मन्त्रालयले बढाएको छ । कोषको प्रस्तावित ड्राफ्टमा अर्थ मन्त्रालयले संशोधन गरी ५० अर्ब कुल पुँजीबाट १ खर्ब पुर्याइएको हो ।

अर्थ मन्त्रालयले सुरुमा ड्राफ्ट गरेको प्रस्तावित कानुनमा ५० अर्बको पुँजी हुने र १५ प्रतिशत लगानी सर्वसाधारण व्यक्तिको हुने उल्लेख थियो । तर मन्त्रिपरिषदमा कानुन पेश गर्नु अघि संशोधन गर्दै पुँजी र सर्वसाधारणको लगानी गर्ने अधिकार हटाइएको हो । सर्वसाधारणको लगानी अधिकारसँगै कोषमा काम गर्ने कर्मचारीले लागानी गर्न पाउने व्यवस्था पनि हटाएको छ ।

सर्वसाधारणलाई सेयर निस्कासन गर्दा प्रत्येक क्वाटरमा कोषले आय-व्यायको हर हिसाब सार्वजनिक गर्नुपर्छ सोहि झन्झटबाट मुक्त हुनका लागि मन्त्रालयले कोषमा सर्वसाधारणको लगानी गर्ने अधिकार कटौति गरेको हो ।

प्रस्तावित कानुन अनुसार कोषको पुँजीगत संरचनामा कोषको अधिकृत पुँजी एक खर्ब रुपैयाँको हुने उल्लेख छ । सो रकम एक सय रुपैयाँका दरले एक अर्ब कित्ता साधारण शेयरमा विभाजन गर्ने उल्लेख छ । कोषको चुक्ता पुँजी २५ अर्ब रुपैयाँको हुनेछ र सो रकम एक स रुपैयाँका दरले पच्चीस करोड कित्ता साधारण शेयरमा विभाजन गर्ने उल्लेख छ।
नयाँ प्रस्तावित कानुन अनुसार नेपाल सरकारले ५१ प्रतिशत सेयर राख्नेछ ।

यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, र समाजिक सुरक्षा कोषले २५ प्रतिशत रकम हाल्नुपर्ने उल्लेख छ । यसैगरी, जीवन बीमा, निर्जीवन र पुनर्बीमा कम्पनीले २४ प्रतिशत रकम हाल्नुपर्नेछ ।
नेपाल सरकार र शेयर खरिद गर्ने अन्य संस्थाले आफूले लिन मञ्जुर गरेको शेयर बापतको रकम बढीमा दुई किस्तामा दुई वर्षभित्र चुक्ता गरिसक्नु पर्ने उल्लेख छ।

अर्थ मन्त्रालयले संशोधन गरेको व्यवस्था

यस्तो थियो पहिलेको ड्राफ्ट

कोषको अधिकृत पूँजी पचास अर्ब र सो रकम एक सय रुपैयाँका दरले एक सय पचास करोड कित्ता साधारण शेयरमा विभाजन हुने उल्लेख थियो ।  कोषको चुक्ता पूँजी दश अर्ब हुनेछ र सो रकम एक सय रुपैयाका दरले दश करोड कित्ता साधारण शेयरमा विभाजन हुने प्रस्ताव थियो।

जसमा नेपाल सरकारले ३५ प्रतिशत शेयर लिने र अन्तर्राष्ट्रिय अन्तरसरकारी वित्तीय संस्था वा अन्तर्राष्ट्रिय गैरसरकारी वित्तीय संस्था वा विदेशी बैंक वा वित्तीय संस्थाले २५ प्रतिशत शेयर राख्ने व्यवस्था थियो । यस्तै, कर्मचारी संचयकोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषबाट कुल १५ प्रतिशत शेयर अनिवार्य लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।

जीवन बीमा कम्पनी, निर्जिवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका लागि १० प्रतिशत शेयर छुट्याइएको थियो । यसैगरी, सर्वसाधारणलाई १५ प्रतिशत शेयर निस्काशन गरिने उल्लेख थियो । जस अनुसार प्रतिकित्ता १ सय रुपैयाको दरले ७ करोड ५० लाख कित्ता शेयर अर्थात ७ अर्ब ५० करोड रुपैयाँको शेयर छुट्याइने व्यवस्था थियो ।  कम्पनीको कर्मचारीहरुका लागि सर्वसाधारणहरुलाई छुट्याएको १५ प्रतिशतको ०.२५ प्रतिशत अर्थात १ करोड ८७ लाख ५० हजार मूल्य बराबरको १ लाख ८७ हजार ५ सय कित्ता शेयर छुट्याउने उल्लेख थियो ।

के हो ? सरकारले बनाउन लागेको ५० अर्बको विकास वित्त कम्पनी, सर्वसाधारणलाई ७ अर्ब ५० करोडको १५ प्रतिशत शेयर

 

GBIME

प्रतिक्रिया दिनुहोस्