Skip to content
Shikhar Insurance
National Life

रोकियो मन्त्रिपरिषदको बैठक राज्यमन्त्रीको शपथ, सरकार ढल्न लागेको हो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । १० बजे बोइएको मन्त्रिपरिषदको बैठक रोकिएको छ । नेपाली काँग्रेसमा मन्त्रीहरुले असहमति जनाएपछि मन्त्री परिषद बैठक रोकिएको हो ।

राष्ट्रपति रापचन्द्र पौडेलले आज ३ बजे संसदको दुबै सदनमा सरकारको नीति तथा कार्याक्रम पेश गर्ने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम पास तथा नवनियुक्त राज्य मन्त्री खमबहादुर गर्बुजाको शपथ कार्यक्रम रहेको थियो ।

दुबै कार्यक्रम स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । राष्ट्र बैंकको गभर्नर नियुक्ति ढिला भएको भन्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफूले भनेको व्यक्ति गभर्नर नभए सरकार ढाल्ने चेतावनी दिइसकेका छन् ।

गभर्नर सिफारिस समितिमा पुर्व गभर्नर महाप्रसाद अधिकारी नियुक्त गरेपछि गभर्नर नियुक्तिमा नेपाली काँग्रेस थप सशंकित बनेको छ । निर्वाचन आयोग र राष्ट्र बैंकमा नियुक्ति नेपाली काँग्रेसले नै भाग खोजेपछि सरकार ढल्ने अनुमान गरिएको छ । शुक्रबारको मन्त्रिपरिषदको बैठक पनि नेपाली काँग्रेसको निर्देशनमै रोकिएको बुझिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्