काठमाडौं । सोमबार साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । भोली मंगलबार (चैत १९ गते) थाइल्याण्ड भ्रमण गर्नुअघि राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने प्रधानमन्त्री ओलीले तयारी गरेका हुन् ।
चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसमा सदसस्यहरु पुर्व गभर्नर विजयनाथ भट्टराई, डा.विश्व पौडेल छन् । गभर्नर नियुक्तिका लागि सार्वजनिक सूचना र आवेदन माग्नु नपर्ने भएकाले समितिले आफ्नो अनुकुल सिफारिस गर्न सक्नेछ ।
हालका गभर्नर महाप्रसाद अधिकारीको चैत २४ गते सेवा अवधि सकिदैछ । प्रधानमन्त्री ओली बिमिस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जान लागेका हुन् । थाइल्याण्डमा उनी चैत २३ गतेसम्म बस्नेछन् । उच्च स्रोतले सिंहदारबासँग भन्यो,“बेलुका ५ बजेसम्म कुनै नाम टुङगिए आजै गभर्नर नियुक्ति हुनेछ, यसका लागि प्रतिनिधि सभाको बैठकको माहोलले पनि निर्भर पार्छ।” नाम नटुङगिएको खण्डमा सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले २४ गतेदेखि गभर्नर पद खाली हुने भएकाले निलम ढुङगानालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी दिन सक्ने समेत सम्भावना रहेको स्रोतको दाबी छ ।
ती स्रोतका अनुसार उत्कृष्ट तीनमा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगाना, राष्ट्र बैंकका निर्देशकहरु डा. प्रकाश श्रेष्ठ, डा.गुणाकर भट्ट, अशोक शेरचन शुशिल भट्ट मध्येबाट पर्नेछन् । यी मध्येबाट एक जना गभर्नर नियुक्त हुनेछ ।
बदलिदो राजनितिक परिवेशका कारण योग्य पात्रलाई गभर्नर सिफारिस गर्नुपर्ने दबाब सरकारलाई छ । यसअघिका तीन नियुक्तिहरु नेपाली काँग्रेसको भागमा परिसकेको छ । धितोपत्र बोर्ड, बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेन्स नेपाली काँग्रेसको भागमा परिसकेको छ । यसकारण राष्ट्र बैंकका गभर्नर नेकपा एमालेको भागमा पर्ने बताइएको छ ।
एमालेले विद्युत प्राधिकरणसँग राष्ट्र बैंकको गभर्नर साटेको हो ?
प्रतिक्रिया दिनुहोस्