Skip to content
Shikhar Insurance
National Life

‘बजेटले सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा पार्ने देखियो’ सांसद शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले अगामी आर्थिक वर्षको बजेटले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना र विगतको बजेट कार्यान्वयनको अवस्थालाई बेवास्ता गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । उनले तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्नेमा सरकारले निजी क्षेत्रलाई प्रोत्साहन तथा सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाए ।

उनले अगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित क्षेत्र निरुत्साहित भएको बताउँदै बजेटमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई ओझेलमा पारिएको समेत टिप्पणी गरे ।

उनले भने, ‘बजेटमा सोह्रौँ पञ्चवर्षीय योजना, विगतको बजेट कार्यान्वयनको अवस्थाको कुरालाई बेवास्ता गरिएको छ । तीन खम्बे अर्थनीतिमा सहकारी, सरकारी र निजी क्षेत्रलाई समान ढंगले लैजानुपर्ने हो । निजी क्षेत्रलाई प्रोत्साहित गरिएको छ । सरकारी र सहकारी क्षेत्रलाई बेवास्ता गरिएको छ । बजेटबाट निजी क्षेत्र उत्साहित भएपनि उपेक्षित समुदाय निरुत्साहित भएको देखिन्छ । सुशासन, सामाजिक न्याय र समृद्धि ओझेलमा परेको देखिन्छ । सम्पन्न, मध्यम र पिछडिएको क्षेत्रबीच असन्तुलन छ । संघ प्रदेश र स्थानीय तहको सन्तुलन पनि संकटमा परेको छ । भाषण राम्रो छ वितरण पक्षपाती देखिन्छ । बजेट कार्यान्वयन शुन्यमा जाने अवस्था देखिन्छ ।’

अगामी आर्थिक वर्षको बजेट भाषणमा राम्रो भएपनि वितरण पक्षपाती रहेको शर्माको टिप्पणी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE