काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको बताएको छ ।
यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको नाडाले जनाएको छ ।
‘यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौँ’ नाडाले भन्यो ।
नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेको भन्दै नाडाले नेपाल सरकारप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्