काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रीपरिषदबाट पारित भएको छ । सोमबार (चैत २५गते) बसैको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वृत्तसँग सम्बन्धित विधेयक पारित गरेको हो ।
मंगलावार(चैत २६ गते) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए ।
उक्त विधेयकलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए । उनकाअनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ । विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे ।
विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतिाई समेत समाधान गर्न सहज हुने बताए । उनले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा श्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
अर्थमन्त्री पौडेलले भने, “पछिल्लो दिनमा हामीसँग सार्वजनिक पूर्वाधार विकासको सन्दर्भमा जुन प्रकारको श्रोत व्यवस्थापनको चुनौति सिर्जना भएको छ । गभर्मेण्टको ट्रेजरीमाथि मात्रै निर्भर भएर हामीले पूर्वाधारको क्षेत्रमा जे जस्ता आवश्यकताहरु छन्, ति आवश्यकता पूरा गर्न सम्भव छैन भन्ने सच्चाईलाई महशुस गरीकन सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न हिसाबले सरकारले हालैमात्र वैकल्पिक विकास वृत्तसँग सम्बन्धित एउटा विधेयक तयार गरेको छ । मन्त्री परिषद्ले हिजो मात्रै त्यो विधेयक पारित गरेको छ । हामी छिटै यो विधेयकलाई संसदमा प्रश्तुत गर्नेछौँ । संसदबाट यो विधेयक छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना छ । यो विधेयक पारित भएसँगै निजी क्षेत्रलाई देश र दुनियाँका लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधारमा राम्रो प्रतिफल दिने सार्वजनिक पूर्वाधारहरुमा लगानीका लागि आकर्षित गर्न सकिन्छ । र पूर्वाधार विकासमा जुन प्रकारको श्रोत व्यवस्थापनको चुनौति छ, ति चुनौतिलाई समाधान गर्न सहज हुनेछ ।”
अर्थमन्त्री पौडेलले देशभित्रै सुन्दर भविष्य बनाउन सकिन्छ भन्नेकुरालाई आत्मसाथ गरेर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे ।
बिचौलियाको सेटिङमा १ खर्बको कम्पनी खोल्दै सरकार, ‘राष्ट्र बैंकको नोट अफ डिसेन्ट’
प्रतिक्रिया दिनुहोस्